Notices

स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत् दलित, विपन्न तथा जेहेन्दार छात्राहरूका लागि मधेस प्रदेश सरकारले विशेष छात्रवृत्ति प्रदान गर्न निवेदन माग गरेकाले सो छात्रवृत्ति प्राप्त गर्न चाहने यस क्याम्पसका छात्राहरूले यही २०८० साल चैत्र मसान्त भित्र निवेदन दिन सूचित गरिन्छ । निवेदनका साथ संलग्न गर्नु पर्ने कागजात, न्यूनतम् योग्यता, प्रक्रिया र अन्य विस्तृत जानकारीका लागि क्याम्पस […]

दलित, विपन्न तथा जेहेन्दार छात्राहरूका लागि छात्रवृत्ति फारम भर्ने सूचना । Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा दोश्रो, तेश्रो तथा चौथो वर्षमा अध्ययन गरिरहेका मध्ये केही विद्यार्थीका लागि कञ्चनरूप नगरपालिका वडा नं. १२ का तर्फबाट ‘वडाध्यक्ष छात्रवृत्ति’ उपलब्ध हुने भएकाले इच्छुक जेहनदार तथा विपन्न परिवारका विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ ।आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा उपलब्ध फारम भरी २०८० माघ २९ गते, सोमबार, बिहान

‘वडाध्यक्ष छात्रवृत्ति’ का लागि आवेदन माग गरिएको सूचना Read More »

विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्तिका लागि आवेदन फारम भर्न यस क्याम्पसका विद्यार्थीहरूलाई सूचित गरिन्छ ।२०८० फागुन ०२ गते अन्तिम म्याद रहेको आयोगको सूचनामा उल्लेख भए अनुसार समयमै फारम भर्न जानकारी गराइन्छ ।

छात्रवृत्ति फारम भर्ने सूचना Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा भर्ना भएर पहिलो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध हुने भएकाले इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ ।आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा (https://forms.gle/Dh2w4rsFXXc8ping6) गएर उपलब्ध फारम भरी २०८० पौष १६ गते, बिहान १० बजे भित्र ‘अनलाइन’ पठाउनु पर्नेछ । सो लिङ्क क्याम्पसको वेबसाइट www.roopnagarcampus.edu.np र फेसबुक

छात्रवृत्तिका लागि आवेदन माग गरिएको सूचना Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा अध्ययन गर्ने BBS दोश्रो, तेश्रो तथा चौथो वर्षका विद्यार्थीहरूको नियमित कक्षा मिति २०८० साल मङ्सीर ०५ गते देखि सञ्चालन हुने जानकारी सम्बन्धित सबैलाई गराइन्छ । भर्ना हुन बाँकी विद्यार्थीहरूले मङ्सीर १५ गतेभित्र भर्ना हुन र आ-आफ्नो कक्षाको पाठ्य पुस्तक लिन समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । हाल दोश्रो वर्षमा अध्ययनरत्

कक्षा सञ्चालन तथा परीक्षा फारम भर्ने सम्बन्धी सूचना Read More »

०८० सालको तिहार तथा छठ पर्वको उपलक्षमा यस रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अविभावकहरूलाई सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । हाम्रो महान चाड तिहार तथा छठ पर्वको अवसरमा यही कार्तिक २६ गतेदेखि मङ्सीर ४ गते सम्म क्याम्पसमा पठन-पाठन बन्द रहने र मङ्सीर ५ गते देखि नियमित पठन-पाठन हुने

तिहार तथा छठ पर्वको विदा सम्बन्धी सूचना Read More »

२०८० सालको दशैँको उपलक्षमा यस रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अविभावकहरूलाई सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । हाम्रो महान चाड दशैँको अवसरमा यही आश्विन २८ गतेदेखि कार्तिक १० गते सम्म क्याम्पसमा पठन-पाठन बन्द रहने र कार्तिक १२ गते आइतबारदेखि नियमित पठन-पाठन हुने कुरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

दशैँ विदा सम्बन्धी सूचना Read More »

BBS पहिलो वर्षको परीक्षा प्रवेशपत्र आयो ! आ-आफ्नो प्रवेशपत्र क्याम्पसमा आएर लिन परीक्षा दिने सबै विद्यार्थीलाई सूचित गरिन्छ । परीक्षाको प्रवेशपत्र लिन आउने समय : २०८० साल असोज १६ गते, मङ्गलबार बिहान ६ बजेदेखि १० बजेभित्र । भोलि लिन नआउनेहरूले पर्सि बुधबार बिहान ६ देखि १० बजे भित्र । नोट :क्याम्पसलाई बुझाउनु पर्ने शुल्क बाँकी

परीक्षा प्रवेशपत्र वितरण सम्बन्धी सूचना Read More »