Events

  रूपनगर, सप्तरी, मङ्सीर १५/ सप्तरीको रूपनगर क्याम्पसले वरपरका सरकारी विद्यालयका १२ कक्षामा अध्ययनरत् विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ। त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले जीवन उपयोगी शीप सिकाउने उद्देश्यले यस्तो तालिम आयोजना गरेको हो। तालिमले विद्यार्थीहरूको व्यावहारिक ज्ञानमा वृद्धि गर्ने र तिनीहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बनाउने […]

कक्षा १२ का विद्यार्थीहरूका लागि रूपनगर क्याम्पसद्वारा वित्तीय साक्षरता तालिम Read More »

रूपनगर, सप्तरी/ रूपनगर क्याम्पस र विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’ ले प्लाष्टिक प्रदूषण विरूद्ध वृहत्त र्याली गरी फोहर प्लाष्टिक सङ्कलन गरेका छन्। वातावरण र स्वास्थ्यलाई हानी पुर्याउने जथाभावी फालिएका प्लाष्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत् शनिबार बिहान रूपनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर सङ्कलन गरिएको हो। रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको अगुवाइमा

रूपनगरमा प्लाष्टिक प्रदूषण विरूद्ध विद्यार्थीको अभियान Read More »

रूपनगर, सप्तरी, आश्विन २३/ सामुदायिक शैक्षिक संस्था रूपनगर नन्दराज संग्रौला क्याम्पस दीर्घकालीन रणनीतिक योजनाका साथ कार्ययोजना बनाएर नयाँ ढङ्गले अघि बढ्ने भएको छ। सप्तरीको रूपनगरमा रहेको यो क्याम्पसको आज आयोजित साधारण सभामा सार्वजनिक गरिएको पाँच वर्षे रणनीतिक योजनाले विद्यार्थीलाई विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा दिनुका साथै जीवन उपयोगी शीप समेत सिकाउने नीति लिएको

सामुदायिक शैक्षिक संस्था रूपनगर नन्दराज संग्रौला क्याम्पस दीर्घकालीन रणनीतिक योजनाका साथ कार्ययोजना बनाएर नयाँ ढङ्गले अघि बढ्ने Read More »

रूपनगर, सप्तरी, भाद्र १५/ रूपनगर क्याम्पसका विद्यार्थीहरूले प्लाष्टिक प्रदूषण विरूद्ध अभियान शुरू गरेका छन्। वातावरण र स्वास्थ्यलाई हानी पुर्यालउने जथाभावी फालिएका प्लाष्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत् भाद्र १५ गते बिहान सप्तरी जिल्लाको रूपनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर सङ्कलन गरियो। बाटो, नाला, खेतबारी, विद्यालय क्षेत्र, यत्रतत्र फालिएर प्रदूषण गरिरहेको ७ बोरा प्लाष्टिक फोहर आज सङ्कलन गरियो। रूपनगर

सप्तरीको रूपनगरमा प्लाष्टिक प्रदूषण विरूद्ध अभियान शुरू Read More »

रूपनगर, सप्तरी, भाद्र ०२, २०८१/ सप्तरी जिल्लाको रूपनगरमा ‘रूपनगर सर्वोदय पुस्तकालय’ नामक सार्वजनिक पुस्तकालय आजबाट सञ्चालनमा आएको छ । रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा स्थापना गरिएको सो सार्वजनिक पुस्तकालयको उद्घाटन उच्च अदालत राजविराज इजलासका न्यायाधीश अर्जुन अधिकारीले आज एक समारोहमा गर्नु भयो । करीब पाँच हजार भौतिक पुस्तकका साथै केही हजार ‘अफ लाइन’ इ-पुस्तक राखेर आरम्भ गरिएको

सप्तरीको रूपनगर क्याम्पसमा सार्वजनिक पुस्तकालय स्थापना Read More »

रूपनगर क्याम्पसका विद्यार्थीले प्लाष्टिक फोहर विरूद्ध नयाँ अभियान शुरू गरेका छन् ! काम नलाग्ने प्लाष्टिक जथाभावि नफ्याँक्नुस् !वातावरण बिगार्ने प्लाष्टिक बोतल, झोला, प्याकेजिङ सामग्री आदि हामीलाई दिनुस् । हामी प्लाष्टिक फोहरबाट ‘इको-ब्रिक’ बनाउँछौँ । यहाँ तस्बीरमा देखाइए झैँ ‘इको-ब्रिक’ लाई फूलबारी सजाउन, सार्वजनिक विश्राम स्थल बनाउन र अन्य उपयोगी काममा प्रयोग गर्छौँ । हाम्रो ठेगाना

प्लाष्टिक प्रदूषण विरूद्ध जुटौँ ! Read More »

मधेश प्रदेश सरकारले दिने ‘छोरी छात्रवृत्ति’ रूपनगर नन्दराज संग्रौला क्याम्पसका पाँच जना छात्राले पाएका छन् । वर्षेनी दिइने यो छात्रवृत्ति यो क्याम्पसका विद्यार्थीले पहिलो पटक पाएका हुन् । जेहेन्दार, विपन्न र दलित गरी तीन वर्गमा दिइने यो छात्रवृत्ति २५ हजार रूपिञाको छ । अर्थात् छात्रवृत्ति पाउने प्रत्येक छात्राले एक मुष्ठ २५ हजार रूपिञा पाउने छन्

रूपनगर क्याम्पसका विद्यार्थीलाई ‘छोरी छात्रवृत्ति’ Read More »

रूपनगर क्याम्पसका छात्र-छात्राहरूलाई आज एक समारोहमा ‘वडा अध्यक्ष छात्रवृत्ति’ वितरण गरियो । सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका, वडा नम्बर १२ का वडा अध्यक्ष देवि बहादुर खत्रीको विशेष पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रूपिञाबाट रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूलाई सो छात्रवृत्ति दिइएको जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनु भयो । कञ्चनरूप-१२ का वडाध्यक्ष देवि

रूपनगर क्याम्पसमा वडा अध्यक्ष छात्रवृत्ति वितरण Read More »

क्याम्पसका विद्यार्थीलाई रोजगारी सँग प्रत्यक्ष जोड्ने प्रयाशले गति लिँदैछ । रूपनगर नन्दराज संग्रौला क्याम्पसका आठ जना विद्यार्थी तालिम लिएर सर्वेक्षण गर्न गाउँ जान तयार हुँदैछन् । यो ‘जागीर’ ले हाम्रा विद्यार्थीलाई सामाजिक अनुसन्धान विधिमा व्यवहारमै पारङ्गत् गराउने छ । अनि, अलिकता ‘दाम’ पनि कमाउने छन् । अर्को फाइदा, सर्वेक्षण, तथ्याङ्क सङ्कलन, विश्लेषण, लेखन आदि गर्न

पढ्दै, शीप सिक्दै, कमाउँदै Read More »

Feature लेखन सिकाउन थालियो बच्चाहरूलाई ।‘सामाजिक अनुसन्धान’ विधि प्रयोग गरेर स्तरीय ‘फिचर’ उत्पादन गर्नेछन् सप्तरीका यी गाउँले युवाले ।समाजका जल्दा-बल्दा, गम्भीर तर लुकेर बसेका अनेक विषयमा Feature Package आउँदैछ रूपनगर क्याम्पसबाट ।पहिलो अङ्क २ महिना जतिमा ।

विद्यार्थीहरूका लागि ‘फिचर’ लेखन अभ्यास शुरू Read More »