Events

रूपनगर, सप्तरी, बैशाख ०१/ सप्तरीको रूपनगर स्थित सामुदायिक क्याम्पस, रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना गरिएको छ। उच्च अदालतको न्यायाधीशबाट अवकाश प्राप्त प्रेमराज ढकालले आफ्ना स्वर्गीय पिता एकराज ढकालका नाममा सो छात्रवृत्ति स्थापना गर्नु भएको हो। ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ नाम राखिएको सो छात्रवृत्ति रूपनगर नन्दराज संग्रौला क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा […]

रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘एकराज ढकाल स्मृति छात्रवृत्ति’ स्थापना Read More »

  रूपनगर, सप्तरी, मङ्सीर १५/ सप्तरीको रूपनगर क्याम्पसले वरपरका सरकारी विद्यालयका १२ कक्षामा अध्ययनरत् विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ। त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले जीवन उपयोगी शीप सिकाउने उद्देश्यले यस्तो तालिम आयोजना गरेको हो। तालिमले विद्यार्थीहरूको व्यावहारिक ज्ञानमा वृद्धि गर्ने र तिनीहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बनाउने

कक्षा १२ का विद्यार्थीहरूका लागि रूपनगर क्याम्पसद्वारा वित्तीय साक्षरता तालिम Read More »

रूपनगर, सप्तरी/ रूपनगर क्याम्पस र विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’ ले प्लाष्टिक प्रदूषण विरूद्ध वृहत्त र्याली गरी फोहर प्लाष्टिक सङ्कलन गरेका छन्। वातावरण र स्वास्थ्यलाई हानी पुर्याउने जथाभावी फालिएका प्लाष्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत् शनिबार बिहान रूपनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर सङ्कलन गरिएको हो। रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको अगुवाइमा

रूपनगरमा प्लाष्टिक प्रदूषण विरूद्ध विद्यार्थीको अभियान Read More »

रूपनगर, सप्तरी, आश्विन २३/ सामुदायिक शैक्षिक संस्था रूपनगर नन्दराज संग्रौला क्याम्पस दीर्घकालीन रणनीतिक योजनाका साथ कार्ययोजना बनाएर नयाँ ढङ्गले अघि बढ्ने भएको छ। सप्तरीको रूपनगरमा रहेको यो क्याम्पसको आज आयोजित साधारण सभामा सार्वजनिक गरिएको पाँच वर्षे रणनीतिक योजनाले विद्यार्थीलाई विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा दिनुका साथै जीवन उपयोगी शीप समेत सिकाउने नीति लिएको

सामुदायिक शैक्षिक संस्था रूपनगर नन्दराज संग्रौला क्याम्पस दीर्घकालीन रणनीतिक योजनाका साथ कार्ययोजना बनाएर नयाँ ढङ्गले अघि बढ्ने Read More »

रूपनगर, सप्तरी, भाद्र १५/ रूपनगर क्याम्पसका विद्यार्थीहरूले प्लाष्टिक प्रदूषण विरूद्ध अभियान शुरू गरेका छन्। वातावरण र स्वास्थ्यलाई हानी पुर्यालउने जथाभावी फालिएका प्लाष्टिक फोहर नियन्त्रण गर्ने अभियान अन्तर्गत् भाद्र १५ गते बिहान सप्तरी जिल्लाको रूपनगर चोक क्षेत्रबाट प्लाष्टिक फोहर सङ्कलन गरियो। बाटो, नाला, खेतबारी, विद्यालय क्षेत्र, यत्रतत्र फालिएर प्रदूषण गरिरहेको ७ बोरा प्लाष्टिक फोहर आज सङ्कलन गरियो। रूपनगर

सप्तरीको रूपनगरमा प्लाष्टिक प्रदूषण विरूद्ध अभियान शुरू Read More »

रूपनगर, सप्तरी, भाद्र ०२, २०८१/ सप्तरी जिल्लाको रूपनगरमा ‘रूपनगर सर्वोदय पुस्तकालय’ नामक सार्वजनिक पुस्तकालय आजबाट सञ्चालनमा आएको छ । रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा स्थापना गरिएको सो सार्वजनिक पुस्तकालयको उद्घाटन उच्च अदालत राजविराज इजलासका न्यायाधीश अर्जुन अधिकारीले आज एक समारोहमा गर्नु भयो । करीब पाँच हजार भौतिक पुस्तकका साथै केही हजार ‘अफ लाइन’ इ-पुस्तक राखेर आरम्भ गरिएको

सप्तरीको रूपनगर क्याम्पसमा सार्वजनिक पुस्तकालय स्थापना Read More »

रूपनगर क्याम्पसका विद्यार्थीले प्लाष्टिक फोहर विरूद्ध नयाँ अभियान शुरू गरेका छन् ! काम नलाग्ने प्लाष्टिक जथाभावि नफ्याँक्नुस् !वातावरण बिगार्ने प्लाष्टिक बोतल, झोला, प्याकेजिङ सामग्री आदि हामीलाई दिनुस् । हामी प्लाष्टिक फोहरबाट ‘इको-ब्रिक’ बनाउँछौँ । यहाँ तस्बीरमा देखाइए झैँ ‘इको-ब्रिक’ लाई फूलबारी सजाउन, सार्वजनिक विश्राम स्थल बनाउन र अन्य उपयोगी काममा प्रयोग गर्छौँ । हाम्रो ठेगाना

प्लाष्टिक प्रदूषण विरूद्ध जुटौँ ! Read More »

मधेश प्रदेश सरकारले दिने ‘छोरी छात्रवृत्ति’ रूपनगर नन्दराज संग्रौला क्याम्पसका पाँच जना छात्राले पाएका छन् । वर्षेनी दिइने यो छात्रवृत्ति यो क्याम्पसका विद्यार्थीले पहिलो पटक पाएका हुन् । जेहेन्दार, विपन्न र दलित गरी तीन वर्गमा दिइने यो छात्रवृत्ति २५ हजार रूपिञाको छ । अर्थात् छात्रवृत्ति पाउने प्रत्येक छात्राले एक मुष्ठ २५ हजार रूपिञा पाउने छन्

रूपनगर क्याम्पसका विद्यार्थीलाई ‘छोरी छात्रवृत्ति’ Read More »

रूपनगर क्याम्पसका छात्र-छात्राहरूलाई आज एक समारोहमा ‘वडा अध्यक्ष छात्रवृत्ति’ वितरण गरियो । सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका, वडा नम्बर १२ का वडा अध्यक्ष देवि बहादुर खत्रीको विशेष पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रूपिञाबाट रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूलाई सो छात्रवृत्ति दिइएको जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनु भयो । कञ्चनरूप-१२ का वडाध्यक्ष देवि

रूपनगर क्याम्पसमा वडा अध्यक्ष छात्रवृत्ति वितरण Read More »

क्याम्पसका विद्यार्थीलाई रोजगारी सँग प्रत्यक्ष जोड्ने प्रयाशले गति लिँदैछ । रूपनगर नन्दराज संग्रौला क्याम्पसका आठ जना विद्यार्थी तालिम लिएर सर्वेक्षण गर्न गाउँ जान तयार हुँदैछन् । यो ‘जागीर’ ले हाम्रा विद्यार्थीलाई सामाजिक अनुसन्धान विधिमा व्यवहारमै पारङ्गत् गराउने छ । अनि, अलिकता ‘दाम’ पनि कमाउने छन् । अर्को फाइदा, सर्वेक्षण, तथ्याङ्क सङ्कलन, विश्लेषण, लेखन आदि गर्न

पढ्दै, शीप सिक्दै, कमाउँदै Read More »

Feature लेखन सिकाउन थालियो बच्चाहरूलाई ।‘सामाजिक अनुसन्धान’ विधि प्रयोग गरेर स्तरीय ‘फिचर’ उत्पादन गर्नेछन् सप्तरीका यी गाउँले युवाले ।समाजका जल्दा-बल्दा, गम्भीर तर लुकेर बसेका अनेक विषयमा Feature Package आउँदैछ रूपनगर क्याम्पसबाट ।पहिलो अङ्क २ महिना जतिमा ।

विद्यार्थीहरूका लागि ‘फिचर’ लेखन अभ्यास शुरू Read More »

रूपनगर, सप्तरी, फागुन २३/ सप्तरीको रूपनगरमा भर्खरै सञ्चालनमा आएको ‘तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र’ ले रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूको नि:शुल्क आँखा जाँच गरेको छ । आँखा केन्द्रका इञ्चार्ज, दृष्टि विशेषज्ञ डा. असिम छुस्यावागले आज २५ जना विद्यार्थीको आँखा परीक्षण गर्नु भयो । अत्याधुनिक उपकरणले सुसज्जित केन्द्रमा आज आँखा जाँच गराएका मध्ये अधिकांश विद्यार्थीको आँखा

तिलगंगा आँखा केन्द्रमा रूपनगर क्याम्पसका विद्यार्थीहरूको नि:शुल्क आँखा परीक्षण Read More »

पढेर के गर्ने ? स्नातक गरेर पनि जीवन उपयोगी कुनै शीप जानिएन भने के हुन्छ ? शीप सिक्न किन जरूरी छ ? जस्ता विषयमा आज व्यवस्थापन विषयका विशेषज्ञ असिम आचार्यसँग विद्यार्थीहरूले अन्तर्क्रिया गरे । काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेनेजमेण्ट (कुसोम) का प्राध्यापक असिम आचार्यले प्रस्तुति दिनुभए पछि विद्यार्थीहरूको प्रश्नको उत्तर दिँदै झण्डै दुई घण्टा अन्तर्क्रिया

जीवन उपयोगी शीपको महत्व विषयमा विशेषज्ञसँग अन्तर्क्रिया Read More »

रूपनगर, सप्तरी, फागुन १७ / शेयर कारोबार सिकेर त्यसबाट कसरी कमाउन सकिन्छ भन्ने विषयमा रूपनगर क्याम्पसका विद्यार्थीका लागि एक दिने प्रशिक्षण आयोजना गरियो । डिम्याट खाता, मेरो शेयर, आइपिओ, लगायत स्टक सम्बन्धी आधारभूत अवधारणा र तिनका प्रक्रियाबारे सहभागीहरूलाई व्यवहारिक ज्ञान दिइएको सो कार्यक्रममा शेयर बजारमा प्रत्यक्ष ‘अनलाइन’ कारोबार गरेर देखाएर अन्तर्क्रिया गर्दै सिकाइयो । राष्ट्र

रूपनगर क्याम्पसमा विद्यार्थीका लागि शेयर कारोबारबारे एक दिने प्रशिक्षण सम्पन्न Read More »

रूपनगर, सप्तरी, माघ २५/ राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले एक लाख एक हजार रूपिया हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गर्नुभयो । रूपनगर

राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना Read More »

रूपनगर, सप्तरी, माघ १३/ रूपनगर नन्दराज संग्रौला क्याम्पस, रूपनगरमा किशोरीहरूका लागि जीवन उपयोगी शीपमूलक तालिम आरम्भ भएको छ । सिक्वेल फाउण्डेसनको आयोजना र रूपनगर क्याम्पसको संयोजनमा सो तालिम चार महिना सम्म सञ्चालन हुने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनुभयो । सरकारी विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने गाउँका छात्राहरूलाई विभिन्न शीप सिकाएर

रूपनगर क्याम्पसमा छात्राहरूका लागि जीवन उपयोगी शीपमूलक तालिम आरम्भ Read More »

विदेशमा बसेर पनि आफ्नो जन्मभूमिको उन्नतिप्रति क्रियाशील, हाल अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ मार्फत् रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ ।सप्तरीको कञ्चनरूप नगरपालिका १२, रूपनगर स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा पुस्तकालय स्थापना हुन लागेको जानकारी क्याम्पसले दिएकोछ ।नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्ससमा

सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने Read More »

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आज रूपनगर नन्दराज संग्रौला क्याम्पसको अवलोकन गर्नुभयो । प्रजिअ थापा, सप्तरी जिल्ला प्रहरी प्रमुख एसपी जीएस बज्राचार्य, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दीपक कुमार राय, युएन उमनका परामर्शदाता शिव कुमार राय सहितको टोलीले क्याम्पसको अवलोकन पश्चात विद्यार्थी, प्राध्यापक तथा क्याम्पस सञ्चालक समितिका सदस्यहरूसँग अन्तर्क्रिया गर्योय । अन्तर्क्रियाका क्रममा

सप्तरीका उच्च अधिकारीहरूद्वारा रूपनगर क्याम्पस अवलोकन साइबर अपराध र शेयर बजारबारे अन्तर्क्रिया Read More »

काठमाडौँबाट रूपनगर, सप्तरीको क्याम्पसमा Virtual Class!विद्वान असिम आचार्यज्यूप्रति हार्दिक आभार ।गरीब गाउँलेका छोराछोरी पढ्ने www.roopnagarcampus.edu.np लाई तपाईँको यो योगदानप्रति हाम्रो उच्च सम्मान ।सहयोगी मन, दिमाग र हातहरूको खाँचो छ हामीलाई ।

कक्षामा प्रविधि भित्र्याइयो ! Read More »

रूपनगर नन्दराज संग्रौला क्याम्पसका BBS पहिलो वर्षको परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरूलाई परीक्षामा राम्रोसँग लेख्न सकियोस् भनी शुभकामना दिन आज कार्यक्रम आयोजन गरियो । क्याम्पस प्रमुख प्राध्यापक दीपक गजुरेलले विद्यार्थीहरूलाई अविर लगाएर आशीर्वाद दिनु भयो भने तेश्रो वर्षका विद्यार्थीहरूले चकलेट बाँडेर आफ्ना भाइ-बहिनीहरूलाई शुभकामना दिए । सो अवसरमा प्राध्यापकहरू कमल राई, वौद्ध कृष्ण लाल कर्ण,

शुभकामना कार्यक्रम सम्पन्न Read More »

रूपनगर नन्दराज संग्रौला क्याम्पस र नविल बैँकको सहकार्यमा ‘बैँकको महत्व’ विषयमा आज गोष्ठी तथा अन्तर्क्रिया आयोजन गरियो । BBS को पाठ्यक्रममा समेत पढ्नु पर्ने वित्तीय साक्षरता, बैँकको महत्व र देश विकासमा बैँकको भूमिका लगायत विषयमा सम्पन्न सो अन्तर्कियामा क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी र पत्रकारको सहभागिता थियो । रूपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दीपक

‘बैँकको महत्व’ विषयमा अन्तर्किया Read More »

Campus Website Screenshot

Computer lab and Website of our campus have, in a grand ceremony, been inaugurated today, Bhadra 09, 2080. The inauguration was done by Raj Kumar Lekhi, Madhesh Pradesh parliamentarian. Also present was Kanchanrup Municipality Mayor, Lalan Prasad Gupta. Addressing the full house gathering of more than 150 participants, Campus Chairman Giriraj Sangraula said, ‘Our mission

Celebrating Campus Website Launch and Computer Lab Inauguration Read More »