roopnagarcampus

रूपनगर, सप्तरी, फागुन १७ / शेयर कारोबार सिकेर त्यसबाट कसरी कमाउन सकिन्छ भन्ने विषयमा रूपनगर क्याम्पसका विद्यार्थीका लागि एक दिने प्रशिक्षण आयोजना गरियो । डिम्याट खाता, मेरो शेयर, आइपिओ, लगायत स्टक सम्बन्धी आधारभूत अवधारणा र तिनका प्रक्रियाबारे सहभागीहरूलाई व्यवहारिक ज्ञान दिइएको सो कार्यक्रममा शेयर बजारमा प्रत्यक्ष ‘अनलाइन’ कारोबार गरेर देखाएर अन्तर्क्रिया गर्दै सिकाइयो । राष्ट्र […]

रूपनगर क्याम्पसमा विद्यार्थीका लागि शेयर कारोबारबारे एक दिने प्रशिक्षण सम्पन्न Read More »

रूपनगर, सप्तरी, माघ २५/ राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले एक लाख एक हजार रूपिया हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गर्नुभयो । रूपनगर

राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना Read More »

रूपनगर, सप्तरी, माघ १३/ रूपनगर नन्दराज संग्रौला क्याम्पस, रूपनगरमा किशोरीहरूका लागि जीवन उपयोगी शीपमूलक तालिम आरम्भ भएको छ । सिक्वेल फाउण्डेसनको आयोजना र रूपनगर क्याम्पसको संयोजनमा सो तालिम चार महिना सम्म सञ्चालन हुने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनुभयो । सरकारी विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने गाउँका छात्राहरूलाई विभिन्न शीप सिकाएर

रूपनगर क्याम्पसमा छात्राहरूका लागि जीवन उपयोगी शीपमूलक तालिम आरम्भ Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा दोश्रो, तेश्रो तथा चौथो वर्षमा अध्ययन गरिरहेका मध्ये केही विद्यार्थीका लागि कञ्चनरूप नगरपालिका वडा नं. १२ का तर्फबाट ‘वडाध्यक्ष छात्रवृत्ति’ उपलब्ध हुने भएकाले इच्छुक जेहनदार तथा विपन्न परिवारका विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ ।आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा उपलब्ध फारम भरी २०८० माघ २९ गते, सोमबार, बिहान

‘वडाध्यक्ष छात्रवृत्ति’ का लागि आवेदन माग गरिएको सूचना Read More »

विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्तिका लागि आवेदन फारम भर्न यस क्याम्पसका विद्यार्थीहरूलाई सूचित गरिन्छ ।२०८० फागुन ०२ गते अन्तिम म्याद रहेको आयोगको सूचनामा उल्लेख भए अनुसार समयमै फारम भर्न जानकारी गराइन्छ ।

छात्रवृत्ति फारम भर्ने सूचना Read More »

विदेशमा बसेर पनि आफ्नो जन्मभूमिको उन्नतिप्रति क्रियाशील, हाल अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ मार्फत् रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ ।सप्तरीको कञ्चनरूप नगरपालिका १२, रूपनगर स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा पुस्तकालय स्थापना हुन लागेको जानकारी क्याम्पसले दिएकोछ ।नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्ससमा

सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने Read More »

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आज रूपनगर नन्दराज संग्रौला क्याम्पसको अवलोकन गर्नुभयो । प्रजिअ थापा, सप्तरी जिल्ला प्रहरी प्रमुख एसपी जीएस बज्राचार्य, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दीपक कुमार राय, युएन उमनका परामर्शदाता शिव कुमार राय सहितको टोलीले क्याम्पसको अवलोकन पश्चात विद्यार्थी, प्राध्यापक तथा क्याम्पस सञ्चालक समितिका सदस्यहरूसँग अन्तर्क्रिया गर्योय । अन्तर्क्रियाका क्रममा

सप्तरीका उच्च अधिकारीहरूद्वारा रूपनगर क्याम्पस अवलोकन साइबर अपराध र शेयर बजारबारे अन्तर्क्रिया Read More »

गुणस्तरमा अर्को गतिलो फट्को

 

रूपनगर नन्दराज संग्रौला क्याम्पस, बिबियस चौथो वर्षमा ७८% विद्यार्थी उतीर्ण ।

त्रिविले भर्खर प्रकाशित गरेको चौथो वर्षको परीक्षाफल हाम्रो क्याम्पसको ११ वर्षको इतिहासमा यो सबै भन्दा उच्च (७८%) हो।

धन्यवाद सबै शिक्षक तथा विद्यार्थीलाई, अनि समाजलाई पनि, सहयोगका लागि।