roopnagarcampus

रूपनगर क्याम्पसका विद्यार्थीले प्लाष्टिक फोहर विरूद्ध नयाँ अभियान शुरू गरेका छन् ! काम नलाग्ने प्लाष्टिक जथाभावि नफ्याँक्नुस् !वातावरण बिगार्ने प्लाष्टिक बोतल, झोला, प्याकेजिङ सामग्री आदि हामीलाई दिनुस् । हामी प्लाष्टिक फोहरबाट ‘इको-ब्रिक’ बनाउँछौँ । यहाँ तस्बीरमा देखाइए झैँ ‘इको-ब्रिक’ लाई फूलबारी सजाउन, सार्वजनिक विश्राम स्थल बनाउन र अन्य उपयोगी काममा प्रयोग गर्छौँ । हाम्रो ठेगाना […]

प्लाष्टिक प्रदूषण विरूद्ध जुटौँ ! Read More »

मधेश प्रदेश सरकारले दिने ‘छोरी छात्रवृत्ति’ रूपनगर नन्दराज संग्रौला क्याम्पसका पाँच जना छात्राले पाएका छन् । वर्षेनी दिइने यो छात्रवृत्ति यो क्याम्पसका विद्यार्थीले पहिलो पटक पाएका हुन् । जेहेन्दार, विपन्न र दलित गरी तीन वर्गमा दिइने यो छात्रवृत्ति २५ हजार रूपिञाको छ । अर्थात् छात्रवृत्ति पाउने प्रत्येक छात्राले एक मुष्ठ २५ हजार रूपिञा पाउने छन्

रूपनगर क्याम्पसका विद्यार्थीलाई ‘छोरी छात्रवृत्ति’ Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा भर्ना भएर पहिलो वर्षमा अध्ययन गरिरहेका नियमित विद्यार्थीहरूका लागि क्याम्पसको आफ्नै स्रोतबाट छात्रवृत्ति प्रदान गर्ने भएकाले इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ । आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा गएर उपलब्ध फारम भरी २०८१ साउन १५ गते, मङ्गलबार, बिहान १० बजे भित्र ‘अनलाइन’ पठाउनु पर्नेछ । सो लिङ्क क्याम्पसको

छात्रवृत्तिका लागि आवेदन माग गरिएको सूचना Read More »

रूपनगर क्याम्पसका छात्र-छात्राहरूलाई आज एक समारोहमा ‘वडा अध्यक्ष छात्रवृत्ति’ वितरण गरियो । सप्तरी जिल्ला, कञ्चनरूप नगरपालिका, वडा नम्बर १२ का वडा अध्यक्ष देवि बहादुर खत्रीको विशेष पहलमा नगरपालिकाले उपलब्ध गराएको एक लाख रूपिञाबाट रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूलाई सो छात्रवृत्ति दिइएको जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनु भयो । कञ्चनरूप-१२ का वडाध्यक्ष देवि

रूपनगर क्याम्पसमा वडा अध्यक्ष छात्रवृत्ति वितरण Read More »

क्याम्पसका विद्यार्थीलाई रोजगारी सँग प्रत्यक्ष जोड्ने प्रयाशले गति लिँदैछ । रूपनगर नन्दराज संग्रौला क्याम्पसका आठ जना विद्यार्थी तालिम लिएर सर्वेक्षण गर्न गाउँ जान तयार हुँदैछन् । यो ‘जागीर’ ले हाम्रा विद्यार्थीलाई सामाजिक अनुसन्धान विधिमा व्यवहारमै पारङ्गत् गराउने छ । अनि, अलिकता ‘दाम’ पनि कमाउने छन् । अर्को फाइदा, सर्वेक्षण, तथ्याङ्क सङ्कलन, विश्लेषण, लेखन आदि गर्न

पढ्दै, शीप सिक्दै, कमाउँदै Read More »

विस्तृत जानकारीका लागि क्याम्पसमा सम्पर्क गर्न सूचित गरिन्छ ।

४ वर्षे स्नातक तह (BBS समेत) तेश्रो वर्षको नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना Read More »

Feature लेखन सिकाउन थालियो बच्चाहरूलाई ।‘सामाजिक अनुसन्धान’ विधि प्रयोग गरेर स्तरीय ‘फिचर’ उत्पादन गर्नेछन् सप्तरीका यी गाउँले युवाले ।समाजका जल्दा-बल्दा, गम्भीर तर लुकेर बसेका अनेक विषयमा Feature Package आउँदैछ रूपनगर क्याम्पसबाट ।पहिलो अङ्क २ महिना जतिमा ।

विद्यार्थीहरूका लागि ‘फिचर’ लेखन अभ्यास शुरू Read More »

स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत् दलित, विपन्न तथा जेहेन्दार छात्राहरूका लागि मधेस प्रदेश सरकारले विशेष छात्रवृत्ति प्रदान गर्न निवेदन माग गरेकाले सो छात्रवृत्ति प्राप्त गर्न चाहने यस क्याम्पसका छात्राहरूले यही २०८० साल चैत्र मसान्त भित्र निवेदन दिन सूचित गरिन्छ । निवेदनका साथ संलग्न गर्नु पर्ने कागजात, न्यूनतम् योग्यता, प्रक्रिया र अन्य विस्तृत जानकारीका लागि क्याम्पस

दलित, विपन्न तथा जेहेन्दार छात्राहरूका लागि छात्रवृत्ति फारम भर्ने सूचना । Read More »

रूपनगर, सप्तरी, फागुन २३/ सप्तरीको रूपनगरमा भर्खरै सञ्चालनमा आएको ‘तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र’ ले रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूको नि:शुल्क आँखा जाँच गरेको छ । आँखा केन्द्रका इञ्चार्ज, दृष्टि विशेषज्ञ डा. असिम छुस्यावागले आज २५ जना विद्यार्थीको आँखा परीक्षण गर्नु भयो । अत्याधुनिक उपकरणले सुसज्जित केन्द्रमा आज आँखा जाँच गराएका मध्ये अधिकांश विद्यार्थीको आँखा

तिलगंगा आँखा केन्द्रमा रूपनगर क्याम्पसका विद्यार्थीहरूको नि:शुल्क आँखा परीक्षण Read More »

पढेर के गर्ने ? स्नातक गरेर पनि जीवन उपयोगी कुनै शीप जानिएन भने के हुन्छ ? शीप सिक्न किन जरूरी छ ? जस्ता विषयमा आज व्यवस्थापन विषयका विशेषज्ञ असिम आचार्यसँग विद्यार्थीहरूले अन्तर्क्रिया गरे । काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेनेजमेण्ट (कुसोम) का प्राध्यापक असिम आचार्यले प्रस्तुति दिनुभए पछि विद्यार्थीहरूको प्रश्नको उत्तर दिँदै झण्डै दुई घण्टा अन्तर्क्रिया

जीवन उपयोगी शीपको महत्व विषयमा विशेषज्ञसँग अन्तर्क्रिया Read More »

गुणस्तरमा अर्को गतिलो फट्को

 

रूपनगर नन्दराज संग्रौला क्याम्पस, बिबियस चौथो वर्षमा ७८% विद्यार्थी उतीर्ण ।

त्रिविले भर्खर प्रकाशित गरेको चौथो वर्षको परीक्षाफल हाम्रो क्याम्पसको ११ वर्षको इतिहासमा यो सबै भन्दा उच्च (७८%) हो।

धन्यवाद सबै शिक्षक तथा विद्यार्थीलाई, अनि समाजलाई पनि, सहयोगका लागि।