roopnagarcampus

विदेशमा बसेर पनि आफ्नो जन्मभूमिको उन्नतिप्रति क्रियाशील, हाल अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ मार्फत् रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ ।सप्तरीको कञ्चनरूप नगरपालिका १२, रूपनगर स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा पुस्तकालय स्थापना हुन लागेको जानकारी क्याम्पसले दिएकोछ ।नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्ससमा

सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने Read More »

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आज रूपनगर नन्दराज संग्रौला क्याम्पसको अवलोकन गर्नुभयो । प्रजिअ थापा, सप्तरी जिल्ला प्रहरी प्रमुख एसपी जीएस बज्राचार्य, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दीपक कुमार राय, युएन उमनका परामर्शदाता शिव कुमार राय सहितको टोलीले क्याम्पसको अवलोकन पश्चात विद्यार्थी, प्राध्यापक तथा क्याम्पस सञ्चालक समितिका सदस्यहरूसँग अन्तर्क्रिया गर्योय । अन्तर्क्रियाका क्रममा

सप्तरीका उच्च अधिकारीहरूद्वारा रूपनगर क्याम्पस अवलोकन साइबर अपराध र शेयर बजारबारे अन्तर्क्रिया Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा भर्ना भएर पहिलो वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध हुने भएकाले इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ ।आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा (https://forms.gle/Dh2w4rsFXXc8ping6) गएर उपलब्ध फारम भरी २०८० पौष १६ गते, बिहान १० बजे भित्र ‘अनलाइन’ पठाउनु पर्नेछ । सो लिङ्क क्याम्पसको वेबसाइट www.roopnagarcampus.edu.np र फेसबुक

छात्रवृत्तिका लागि आवेदन माग गरिएको सूचना Read More »

काठमाडौँबाट रूपनगर, सप्तरीको क्याम्पसमा Virtual Class!विद्वान असिम आचार्यज्यूप्रति हार्दिक आभार ।गरीब गाउँलेका छोराछोरी पढ्ने www.roopnagarcampus.edu.np लाई तपाईँको यो योगदानप्रति हाम्रो उच्च सम्मान ।सहयोगी मन, दिमाग र हातहरूको खाँचो छ हामीलाई ।

कक्षामा प्रविधि भित्र्याइयो ! Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा अध्ययन गर्ने BBS दोश्रो, तेश्रो तथा चौथो वर्षका विद्यार्थीहरूको नियमित कक्षा मिति २०८० साल मङ्सीर ०५ गते देखि सञ्चालन हुने जानकारी सम्बन्धित सबैलाई गराइन्छ । भर्ना हुन बाँकी विद्यार्थीहरूले मङ्सीर १५ गतेभित्र भर्ना हुन र आ-आफ्नो कक्षाको पाठ्य पुस्तक लिन समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । हाल दोश्रो वर्षमा अध्ययनरत्

कक्षा सञ्चालन तथा परीक्षा फारम भर्ने सम्बन्धी सूचना Read More »

०८० सालको तिहार तथा छठ पर्वको उपलक्षमा यस रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अविभावकहरूलाई सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । हाम्रो महान चाड तिहार तथा छठ पर्वको अवसरमा यही कार्तिक २६ गतेदेखि मङ्सीर ४ गते सम्म क्याम्पसमा पठन-पाठन बन्द रहने र मङ्सीर ५ गते देखि नियमित पठन-पाठन हुने

तिहार तथा छठ पर्वको विदा सम्बन्धी सूचना Read More »

२०८० सालको दशैँको उपलक्षमा यस रूपनगर नन्दराज संग्रौला क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी तथा अविभावकहरूलाई सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना । हाम्रो महान चाड दशैँको अवसरमा यही आश्विन २८ गतेदेखि कार्तिक १० गते सम्म क्याम्पसमा पठन-पाठन बन्द रहने र कार्तिक १२ गते आइतबारदेखि नियमित पठन-पाठन हुने कुरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

दशैँ विदा सम्बन्धी सूचना Read More »

BBS पहिलो वर्षको परीक्षा प्रवेशपत्र आयो ! आ-आफ्नो प्रवेशपत्र क्याम्पसमा आएर लिन परीक्षा दिने सबै विद्यार्थीलाई सूचित गरिन्छ । परीक्षाको प्रवेशपत्र लिन आउने समय : २०८० साल असोज १६ गते, मङ्गलबार बिहान ६ बजेदेखि १० बजेभित्र । भोलि लिन नआउनेहरूले पर्सि बुधबार बिहान ६ देखि १० बजे भित्र । नोट :क्याम्पसलाई बुझाउनु पर्ने शुल्क बाँकी

परीक्षा प्रवेशपत्र वितरण सम्बन्धी सूचना Read More »