सूचना : शोक विदामा क्याम्पस विदा हुने

संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको स्वर्गारोहणमा सरकारले एक दिन शोक विदा दिएको छ । उहाँको ‘अन्त्यष्टि हुने दिन’ देशभर सार्वजनिक विदा हुने जानकारी सरकारले गराएको छ ।

अन्त्यष्टि कहिले हुने भन्ने आधिकारिक जानकारी अहिले सम्म गराइएको छैन । त्यसैले शोक विदा कहिले हुने भन्ने आधिकारिक सूचना आए पछि सोही अनुसार क्याम्पसमा शोक विदा हुने जानकारी विद्यार्थी, प्राध्यापक, कर्मचारी लगायत सरोकारवाला सबैलाई गराइन्छ ।

यस सम्बन्धी सरकारको विज्ञप्ति :

Share