सप्तरीका उच्च अधिकारीहरूद्वारा रूपनगर क्याम्पस अवलोकन साइबर अपराध र शेयर बजारबारे अन्तर्क्रिया

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आज रूपनगर नन्दराज संग्रौला क्याम्पसको अवलोकन गर्नुभयो । प्रजिअ थापा, सप्तरी जिल्ला प्रहरी प्रमुख एसपी जीएस बज्राचार्य, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दीपक कुमार राय, युएन उमनका परामर्शदाता शिव कुमार राय सहितको टोलीले क्याम्पसको अवलोकन पश्चात विद्यार्थी, प्राध्यापक तथा क्याम्पस सञ्चालक समितिका सदस्यहरूसँग अन्तर्क्रिया गर्योय ।

अन्तर्क्रियाका क्रममा यो सामुदायिक क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक, सिकाइ उपकरण, सामाजिक तथा मनोवैज्ञानिक परिवेश लगायतका विषयमा जिल्लाका उच्च अधिकारीहरूले जिज्ञासाको राख्नुभयो । क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले ती जिज्ञासाको उत्तर दिँदै क्याम्पसका सवल पक्षका साथै हामीले भोग्नु परिराखेका समस्या र अन्य विविध पक्षबारे जानकारी दिनुभयो ।

सो अवसरमा डीएसपी दीपक कुमार रायले विद्यार्थीहरूलाई साइबर अपराधका विविध पक्षबारे छोटो अभिमुखीकरण दिनुभयो र उपस्थित विद्यार्थी तथा प्राध्यापकहरूसँग सो विषयमा अन्तर्क्रिया गर्नुभयो । मोबाइल, कम्प्यूटर जस्ता विद्युतीय उपकरण र इण्टरनेट चलाउँदा गर्न हुने र गर्न नहुने विषयहरूका साथै इण्टरनेटमा के-कस्ता काम गर्योा भने सजाय समेत हुनसक्छ भन्नेबारेमा डीएसपी रायले विस्तारमा जानकारी दिँदै अहिलेको विद्युतीय युगमा हामी सधैँ सचेत रहनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

आजको अन्तर्क्रियाको दोश्रो सत्रमा युएन उमनका परामर्शदाता शिव कुमार रायले शेयर कारोबारबारे प्रस्तुतीकरण गर्नुभयो । जान्ने हो भने शेयर कारोबार गरेर राम्रै आम्दानी गर्न सकिने बताउँदै उहाँले शेयर बजारका विविध पक्षबारे परिचयात्मक जानकारी दिनुभयो । ‘शेयर बजारमा खेलेर कसरी पैसा कमाउने भन्ने सिक्न यस्तो छोटो कार्यक्रममा सकिन्न । रूचि राख्नेहरूसँग समय मिलाएर पछि म फेरि आउँछु, अनि अझ धेरै सिकेर काम थालौँला,’ भन्दै उहाँले शेयर कारोबारप्रति रूचि जगाउने शैलीमा प्रस्तुति दिनुभयो ।

झण्डै तीन घण्टा चलेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले ‘भूमण्डलीकरण र प्रविधिको विकाससँगै हाम्रो सामाजिक परिवेश जटील बन्दै गएको’ धारणा राख्दै हरेक पक्षमा हामी सचेत र जिम्मेवार हुनुपर्छ भन्नुभयो ।

विद्यार्थीहरूलाई हौसला दिँदै एसपी बज्राचार्यले ‘तपाईँ युवाहरूले अब राष्ट्र र समाजलाई सही दिशातर्फ डोर्यामउनु पर्छ’ भन्दै आग्रह गर्नुभयो, ‘युवाहरू लागू पदार्थ जस्ता कूलतमा नलागेर असल नागरिक बन्न अध्ययनमा मिहिनेत गर्नुपर्छ ।’

क्याम्पस सञ्चालक समितिका सदस्य कञ्चनरूप नगरपालिका वडा नं. १२ का वडाध्यक्ष देवी वहादुर खत्री लगायत समितिका सदस्यहरू सरस्वती निरौला, हेम प्रसाद अधिकारी, प्रमोद कुमार मण्डल र वौद्ध कृष्णलाल कर्णको उपस्थिति रहेको सो कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा कर्मचारीको समेत सहभागिता थियो ।

Share