शुभकामना कार्यक्रम सम्पन्न

रूपनगर नन्दराज संग्रौला क्याम्पसका BBS पहिलो वर्षको परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरूलाई परीक्षामा राम्रोसँग लेख्न सकियोस् भनी शुभकामना दिन आज कार्यक्रम आयोजन गरियो ।

क्याम्पस प्रमुख प्राध्यापक दीपक गजुरेलले विद्यार्थीहरूलाई अविर लगाएर आशीर्वाद दिनु भयो भने तेश्रो वर्षका विद्यार्थीहरूले चकलेट बाँडेर आफ्ना भाइ-बहिनीहरूलाई शुभकामना दिए ।

सो अवसरमा प्राध्यापकहरू कमल राई, वौद्ध कृष्ण लाल कर्ण, गणेश चौधरी र रोशन शर्माले पनि विद्यार्थीहरूलाई शुभकामना दिनु भयो ।

Share