‘बैँकको महत्व’ विषयमा अन्तर्किया

रूपनगर नन्दराज संग्रौला क्याम्पस र नविल बैँकको सहकार्यमा ‘बैँकको महत्व’ विषयमा आज गोष्ठी तथा अन्तर्क्रिया आयोजन गरियो ।

BBS को पाठ्यक्रममा समेत पढ्नु पर्ने वित्तीय साक्षरता, बैँकको महत्व र देश विकासमा बैँकको भूमिका लगायत विषयमा सम्पन्न सो अन्तर्कियामा क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी र पत्रकारको सहभागिता थियो ।

रूपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दीपक गजुरेलले शुभारम्भ गर्नु भएको कार्यक्रममा नविल बैङ्क कञ्चनपुर, सप्तरी शाखाका प्रवन्धक सुरज कुमार ठाकुरले विषयगत् प्रस्तुति गर्नु भयो ।

MBA मा उत्कृष्टता हासिल गर्नु भएका, नविल बैँकका शाखा प्रवन्धक सुरज ठाकुर जस्ता विद्वान व्यवस्थापकबाट हाम्रा विद्यार्थीले धेरै कुरा सिक्न सक्ने अपेक्षा गर्नु हुँदै प्राध्यापक गजुरेलले विद्यार्थी र क्याम्पसले नविल बैँकसँगको सहकार्यबाट लाभ उठाउन सक्ने आशा समेत व्यक्त गर्नु भयो ।

सो कार्यक्रममा नविल बैँक कञ्चनपुरका अधिकारीहरू मो. कालिम, अनिल बहादुर निरौला र विकास कुमार झाले प्रस्तुति र छलफलमा सघाउनु भएको थियो ।

पत्रकार उत्तम आचार्यले कार्यक्रमको ‘मिडिया कभरेज’ मा मद्दत गर्नु भयो ।

Share