जीवन उपयोगी शीपको महत्व विषयमा विशेषज्ञसँग अन्तर्क्रिया

पढेर के गर्ने ? स्नातक गरेर पनि जीवन उपयोगी कुनै शीप जानिएन भने के हुन्छ ? शीप सिक्न किन जरूरी छ ? जस्ता विषयमा आज व्यवस्थापन विषयका विशेषज्ञ असिम आचार्यसँग विद्यार्थीहरूले अन्तर्क्रिया गरे ।

काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेनेजमेण्ट (कुसोम) का प्राध्यापक असिम आचार्यले प्रस्तुति दिनुभए पछि विद्यार्थीहरूको प्रश्नको उत्तर दिँदै झण्डै दुई घण्टा अन्तर्क्रिया गर्नुभयो । प्राध्यापक आचार्यले रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूलाई काठमाडौँबाट दैनिक एउटा ‘भर्चुअल’ कक्षा लिइराख्नु भएको छ ।

पारिवारिक काममा काठमाडौँबाट अपर्झट तराइ आउनु भएका उहाँले केही घण्टा समय निकालेर इनरूवादेखि बिहानै रूपनगर आएर विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुभएको हो ।

रमाइलो गर्दै, हसाउँदै, हौसला दिँदै, अनुभव र उदाहरण सहित ‘गफ’ गर्नु भएका आचार्य प्रति, उहाँ गए पछि, केही विद्यार्थीको प्रतिक्रिया ‘यस्ता सरबाट सधैँ पढ्न पाए पो !’

धन्यवाद प्रोफेसर आचार्य समय र ज्ञानका लागि !

तपाईँले आज छोड्नु भएको छापले क्याम्पस प्रमुखलाई चाहिँ दवावमा पारिसक्यो है आचार्य सर ! ‘थप कक्षा लिइदिन अनुरोध गर्नु पर्यो्’ भनेर विद्यार्थी भन्न थाले !

अब कसो गर्ने ?!

Share