गर्मी विदा सम्बन्धी सूचना

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा २०८१ सालको गर्मी (वर्षे) विदा २०८१ भाद्र १८ गते मङ्गलबार देखि २०८१ भाद्र ३१ गते सोमबार सम्म हुने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । सो विदा अवधि भर पठन-पाठन बन्द रहने छ ।

क्याम्पस प्रशासन र विद्यार्थी भर्ना गर्मी विदाका दिनमा पनि खुला रहनेछ । विदा अवधिभर प्रशासनिक काम, नयाँ भर्ना, परीक्षा फारम भर्ने, शुल्क बुझाउने जस्ता कामका लागि क्याम्पस बिहान ०७ बजेदेखि ०९:३० बजेसम्म खुला रहनेछ ।

प्रा. दीपक कुमार गजुरेल क्याम्पस प्रमुख

Share