यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा अध्ययन गर्ने BBS दोश्रो, तेश्रो तथा चौथो वर्षका विद्यार्थीहरूको नियमित कक्षा मिति २०८० साल मङ्सीर ०५ गते देखि सञ्चालन हुने जानकारी सम्बन्धित सबैलाई गराइन्छ । भर्ना हुन बाँकी विद्यार्थीहरूले मङ्सीर १५ गतेभित्र भर्ना हुन र आ-आफ्नो कक्षाको पाठ्य पुस्तक लिन समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । हाल दोश्रो वर्षमा अध्ययनरत् विद्यार्थीहरूले यही मङ्सीर १५ गतेभित्र परीक्षा फारम भर्न समेत सूचित गरिन्छ ।