roopnagarcampus

Feature लेखन सिकाउन थालियो बच्चाहरूलाई ।‘सामाजिक अनुसन्धान’ विधि प्रयोग गरेर स्तरीय ‘फिचर’ उत्पादन गर्नेछन् सप्तरीका यी गाउँले युवाले ।समाजका जल्दा-बल्दा, गम्भीर तर लुकेर बसेका अनेक विषयमा Feature Package आउँदैछ रूपनगर क्याम्पसबाट ।पहिलो अङ्क २ महिना जतिमा ।

विद्यार्थीहरूका लागि ‘फिचर’ लेखन अभ्यास शुरू Read More »

स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत् दलित, विपन्न तथा जेहेन्दार छात्राहरूका लागि मधेस प्रदेश सरकारले विशेष छात्रवृत्ति प्रदान गर्न निवेदन माग गरेकाले सो छात्रवृत्ति प्राप्त गर्न चाहने यस क्याम्पसका छात्राहरूले यही २०८० साल चैत्र मसान्त भित्र निवेदन दिन सूचित गरिन्छ । निवेदनका साथ संलग्न गर्नु पर्ने कागजात, न्यूनतम् योग्यता, प्रक्रिया र अन्य विस्तृत जानकारीका लागि क्याम्पस

दलित, विपन्न तथा जेहेन्दार छात्राहरूका लागि छात्रवृत्ति फारम भर्ने सूचना । Read More »

रूपनगर, सप्तरी, फागुन २३/ सप्तरीको रूपनगरमा भर्खरै सञ्चालनमा आएको ‘तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र’ ले रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूको नि:शुल्क आँखा जाँच गरेको छ । आँखा केन्द्रका इञ्चार्ज, दृष्टि विशेषज्ञ डा. असिम छुस्यावागले आज २५ जना विद्यार्थीको आँखा परीक्षण गर्नु भयो । अत्याधुनिक उपकरणले सुसज्जित केन्द्रमा आज आँखा जाँच गराएका मध्ये अधिकांश विद्यार्थीको आँखा

तिलगंगा आँखा केन्द्रमा रूपनगर क्याम्पसका विद्यार्थीहरूको नि:शुल्क आँखा परीक्षण Read More »

पढेर के गर्ने ? स्नातक गरेर पनि जीवन उपयोगी कुनै शीप जानिएन भने के हुन्छ ? शीप सिक्न किन जरूरी छ ? जस्ता विषयमा आज व्यवस्थापन विषयका विशेषज्ञ असिम आचार्यसँग विद्यार्थीहरूले अन्तर्क्रिया गरे । काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेनेजमेण्ट (कुसोम) का प्राध्यापक असिम आचार्यले प्रस्तुति दिनुभए पछि विद्यार्थीहरूको प्रश्नको उत्तर दिँदै झण्डै दुई घण्टा अन्तर्क्रिया

जीवन उपयोगी शीपको महत्व विषयमा विशेषज्ञसँग अन्तर्क्रिया Read More »

रूपनगर, सप्तरी, फागुन १७ / शेयर कारोबार सिकेर त्यसबाट कसरी कमाउन सकिन्छ भन्ने विषयमा रूपनगर क्याम्पसका विद्यार्थीका लागि एक दिने प्रशिक्षण आयोजना गरियो । डिम्याट खाता, मेरो शेयर, आइपिओ, लगायत स्टक सम्बन्धी आधारभूत अवधारणा र तिनका प्रक्रियाबारे सहभागीहरूलाई व्यवहारिक ज्ञान दिइएको सो कार्यक्रममा शेयर बजारमा प्रत्यक्ष ‘अनलाइन’ कारोबार गरेर देखाएर अन्तर्क्रिया गर्दै सिकाइयो । राष्ट्र

रूपनगर क्याम्पसमा विद्यार्थीका लागि शेयर कारोबारबारे एक दिने प्रशिक्षण सम्पन्न Read More »

रूपनगर, सप्तरी, माघ २५/ राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले एक लाख एक हजार रूपिया हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गर्नुभयो । रूपनगर

राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना Read More »

रूपनगर, सप्तरी, माघ १३/ रूपनगर नन्दराज संग्रौला क्याम्पस, रूपनगरमा किशोरीहरूका लागि जीवन उपयोगी शीपमूलक तालिम आरम्भ भएको छ । सिक्वेल फाउण्डेसनको आयोजना र रूपनगर क्याम्पसको संयोजनमा सो तालिम चार महिना सम्म सञ्चालन हुने जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनुभयो । सरकारी विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने गाउँका छात्राहरूलाई विभिन्न शीप सिकाएर

रूपनगर क्याम्पसमा छात्राहरूका लागि जीवन उपयोगी शीपमूलक तालिम आरम्भ Read More »

यस रूपनगर नन्दराज संग्रौला क्याम्पसमा दोश्रो, तेश्रो तथा चौथो वर्षमा अध्ययन गरिरहेका मध्ये केही विद्यार्थीका लागि कञ्चनरूप नगरपालिका वडा नं. १२ का तर्फबाट ‘वडाध्यक्ष छात्रवृत्ति’ उपलब्ध हुने भएकाले इच्छुक जेहनदार तथा विपन्न परिवारका विद्यार्थीहरूबाट आवेदन माग गरिएको सम्बन्धित सबैलाई सूचित गरिन्छ ।आवेदकले यसै सूचनामा दिइएको लिङ्कमा उपलब्ध फारम भरी २०८० माघ २९ गते, सोमबार, बिहान

‘वडाध्यक्ष छात्रवृत्ति’ का लागि आवेदन माग गरिएको सूचना Read More »

विश्वविद्यालय अनुदान आयोगबाट दिइने छात्रवृत्तिका लागि आवेदन फारम भर्न यस क्याम्पसका विद्यार्थीहरूलाई सूचित गरिन्छ ।२०८० फागुन ०२ गते अन्तिम म्याद रहेको आयोगको सूचनामा उल्लेख भए अनुसार समयमै फारम भर्न जानकारी गराइन्छ ।

छात्रवृत्ति फारम भर्ने सूचना Read More »